दिवानगर कृषि सहकारीद्वारा विद्यार्थीहरुलाई पाठ्यसामग्री हस्तान्तरण

174
SwadeshPost

दिवानगर कृषि सहकारी संस्था लिमिटेडले आज माडीको दिवानगरस्थित आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाइ पाठ्यसामग्री हस्तान्तरण गरेको छ । शैक्षिक गुणस्तर सुधार तथा विद्यार्थीलाई पठनपाठनमा सघाउन सहकारीले विद्यार्थीहरुलाई कापी, कलम लगायतका शैक्षिक सामग्रीहरु वितरण गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढाकामोहन तिमिल्सिनाले जानकारी दिनुभयो ।

दिवानगर आधारभूत विद्यालयमा हाल शिशुदेखि पाँच कक्षासम्म करीब ७३ जना विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् । ५ जना शिक्षकको दरबन्दी तथा ३ जना नीजि श्रोतका शिक्षकहरु कार्यरत सो विद्यालयमा हाल कक्षा ३ सम्म अंग्रेजी माध्यममा बोर्डिङ स्कूलको पाठ्यपुस्तक पढाइ हुने गरेको छ । माडी नगरपालिकाद्वारा समायोजनको घोषणामा परेको भएपनि सो विद्यालयलाई साविककै संरचनामै चलाउन स्थानीयबासीहरुले सहयोग जुटाउने अभियान चलाउँदै आएका छन् ।

SwadeshPost