गर्दी स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर तथा प्रयोगशाला सेवा बिस्तार हुने

352
SwadeshPost

माडीको बरुवास्थित गर्दी स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर तथा प्रयोगशाला सेवा बिस्तार गर्न माडी नगर जनस्वास्थ्य शाखाले पहल थालेको छ । साेमबार माडी नगरपालिकाको सभाहलमा सम्पन्न नगरस्तरीय स्वास्थ्य संस्थाहरुको मासिक बैठकमा सरोकारवालाहरूसँग छलफल सम्पन्न गरी गर्दी स्वास्थ्य चौकीमा सुत्केरी गराउने तथा प्रयोगशाला सेवा सुचारू गर्ने निर्णय भएको हो । यसअघि यो सेवा बसन्तपुरस्थित बघौंडा अस्पताल र अयोध्यापुरी स्वास्थ्य चौकीमा सुरुवात भइसकेको छ ।

माडी नगर जनस्वास्थ्य शाखाका प्रमुख शिव सुवेदीको अध्यक्षतामा आज सम्पन्न बैठकबाट माडीका सम्पूर्ण स्वास्थ्य संस्थाहरुले आफ्नो जिन्सी तथा मौज्दात औषधीको विवरण एक हप्ता भित्र माडी नगरपालिकामा पेश गर्नुपर्ने समेत निर्णय गरिएको छ । त्यसैगरी, माडी नगरपालिकालाई जिरो होम डेलिभरी बनाउन आवश्यक कार्ययोजना तयार गर्ने तथा अस्पताल लगायतका स्वास्थ्य चौकीहरूलाई पेपरलेस प्रविधीमैत्री बनाउनका लागी आवश्यक व्यवस्था मिलाउने र माडी नगरपालिका अन्तरगतका स्वास्थ्य संस्थाहरूको बार्षिक समिक्षा बैठक आउँदो कार्तिक महिनाभित्र पुरा गर्ने समेत निर्णय गरिएको सम्पन्न गर्ने स्वदेश एफ.एम.लाई जनाउनुभयो ।

SwadeshPost