माडीमा भुस्याहा कुकुरहरुको बिगबिगी बढेसंगै दुर्घटनाको जोखिम बढ्याे

332
SwadeshPost

माडीको बजार क्षेत्रमा भुस्याहा कुकुरहरुको बिगबिगी बढेसंगै दुर्घटनाको जोखिम बढेको छ । माडीको बसन्तपुर र बरुवासंगै सेरुवा, चिरौली चोक, कल्याणपुर, किर्तनपुर, देबेन्द्रपुर, खरकट्टा, कृष्णनगर, बगहीँ आदिजस्ता व्यापारिक केन्द्रहरुमा भुस्याहा कुकुरहरुको संख्या अत्यधिक बढेको हो ।

कुकुरहरुका कारण मोटरसाइकल यात्रुहरुसंगै पैदल यात्रीहरु तथा स्थानीयबासीहरु समेत प्रभावित हुन थालेका छन् । बजारका चोक चोकमा समूह बनाएर हिड्ने कुकुरहरु रातको समयमा सडकमै सुत्दा पैदलयात्री तथा सवारीसाधन चालक समेत दुर्घटनामा पर्ने गरेका हुन् । यसअघि, हरेक बर्ष भदौ महिना सकिएसंगै स्थानीय युवा क्लबहरुको पहलमा भुस्याहा कुकुर नियन्त्रणको प्रयास हुने गरेको थियो । तर पछिल्ला दिनहरुमा पशु अधिकारकर्मीहरुले यो कुरामा बिरोध जनाउन थालेसंगै क्लब सम्बद्ध युवाहरुमा भुस्याहा कुकुर नियन्त्रणप्रति खासै जागरुकता बढेको देखिँदैन ।

कुकुरहरुलाई नियन्त्रणको आधुनिक उपायहरु अपनाई तत्कालै कुकुर नियन्त्रणको उपाय अपनाउँन सम्बन्धीत निकायले ध्यान दिनुपर्ने बजारबासीहरुले प्रतिक्रिया दिन थालेका छन् । कुकुरलाई मार्न पशु अधिकारका कारणसहज नभएकाले कुकुरको संख्या न्युनिकरण गर्नका लागि बन्ध्याकरण गर्नुपर्ने बिज्ञहरूकाे मत छ ।

SwadeshPost