माडीका एक युवाले ब्रिक्स कम्पनी स्थापना गरी स्वदेशमै उद्यम सुरु

258
SwadeshPost

भुकम्प प्रतिरोधी गुण भएको ईन्टर लकिङ् कम्प्रेष्ड ब्रिक्स निर्माण कम्पनी स्थापना गरी माडीका एक युवाले स्वदेशमै उद्यम सुरु गरेका छन् । माडी नगरपालिका वडा नं. ८, दक्षिण अयोध्यापुरीका युवा नवराज अधिकारीले एन.एस. मोर्डन हाउस सोलुसन नामको निर्माण कम्पनी सुरुवात गरी इन्टर लकिङ ब्रिक्स उत्पादन सुरुवात गर्नुभएको हो ।

आफ्ना उमेरका युवाहरु स्वदेशमा काम गर्न छाडी बिदेशिने गरिरहेकोमा स्वदेशमा, र त्यसमाथि आफू जन्मे हुर्केको माडी उपत्यकामै स्वरोजगार हुने उद्देश्यले कम्पनी खडा गरेको अधिकारीले स्वदेश एफ.एम.लाई जनाउनुभयो । स्वदेशमा केहि गर्न सकिन्न भन्ने सोचाई भएका युवाहरुलाई प्रेरणा दिनु पनि आफ्नो उद्देश्य रहेको उहाँको भनाई थियो ।

दुई महिना अगाडीबाट परीक्षण उत्पादन सुरुवात गरेकोमा एन.एस. मोर्डन हाउस सोलुसनले औपचारिक रुपमा गत असोज १ गतेबाट व्यवसायिक उत्पादन सुरुवात गरेको छ । हाल दैनिक रुपमा ३०० भन्दा धेरै संख्यामा इन्टरलकिङ ब्रिक्सको उत्पादन भइरहेको र बजारको माग अनुसार बढाउँदै लैजाने कम्पनीको भनाई छ । कम्पनीले उत्पादन गरिरहेको इन्टर लकिङ ब्रिक्स डेनिस स्वयम् सेवीहरुको संस्थाले इको सान शौचालय निर्माणमा प्रयोग गरिरहेको युवा उद्यमी अधिकारीले जनाउनुभयो l

SwadeshPost