विद्युत प्राधिकरण माडी सबस्टेशनद्वारा बिजुली बिस्तारको काम सुरु

780
SwadeshPost

नेपाल विद्युत प्राधिकरण अन्तरगतको माडी सबस्टेशनले बिजुली बिस्तारको काम सुरु गरेको छ । बिहिबार दिउसोबाट माडीको बघौडामा विद्युत लाइन बिस्तार गरी बिजुली बिस्तारको काम सुरुवात भएको हो । आज (शुक्रबार) रमाइलोडाँडा क्षेत्रमा बिजुली बिस्तारको काम गरिने जनाइएको छ ।

स्वदेश एफ.एम.को दैनिक कार्यक्रम आजको सन्दर्भमा पत्रकार देव अञ्जान शाहसंग कुराकानी गर्दै नेपाल विद्युत प्राधिकरण माडी सबस्टेशनका प्रमुख आनन्द कुँवरले यसअघि नै माडीभर गाडिएका करीब ६५० बढी पोलहरुमा विद्युत लाइन बिस्तार सुरु गरेको जनाउनुभयो । आउँदो दशैसम्ममा बिजुली बिस्तार कार्य पुरा गर्ने आफ्नो योजना रहेको उहाँको भनाई थियो । सो संख्यामा पोलहरुमा बिद्युत लाइन बिस्तार पुरा हुँदा माडीको करीब ५० प्रतिशत क्षेत्रमा बिजुली पुग्ने नेपाल विद्युत प्राधिकरण माडी सबस्टेशनका प्रमुख कुँवरको भनाई छ । बिजुली बिस्तारसंगै एक साताभित्रै ट्रान्सफर्मर जडान गर्ने टोलीले समेत काम सुरु गर्ने जनाइएको छ ।

यसैबिच, नेपाल बिद्युत प्राधिकरणले फल्ट एलोकेटर मेसिन खरिद गरि प्राविधिक तालिम समेत लिइसकेको जनाएको छ । प्राधिकरण चितवन प्रमुख शुरेस महतोले फल्ट एलोकेटर मेसिन तया अवस्थामा रहेकोले चितवन राष्ट्रिय निकुञ्जमा केबुल फल्ट भएपनि तत्कालै पत्ता लगाई मर्मत गर्न सकिने जनाउनुभयो । यो बाहेक बैंकल्पिक केबुल राख्न प्रारम्भीक बजेट विनियोजन भई प्राविधिक प्रक्रिया अगाडी बढिसकेको पनि उहाँले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

SwadeshPost