थारु विद्यार्थी संघको आयोजनामा माडी क्याम्पसमा जितिया कार्यक्रम सम्पन्न

215
SwadeshPost

जितिया पर्वको अवसरमा थारु विद्यार्थी संघ, माडी क्याम्पस इकाईको आयोजनामा अाइतबार माडी क्याम्पसमा जितिया कार्यक्रम सम्पन्न भएको छ ।

क्याम्पसको अतिरिक्त क्रियाकलाप विभागका संयोजक युवराज लामिछानेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि क्याम्पस सञ्चालक समितिका अध्यक्ष तीर्थराज भुसाल रहनुभएको थियो भने विशिष्ट अतिथिका रुपमा क्याम्पस प्रमुख नेत्रप्रसाद गौतम र व्यवस्थापन समिति सदस्य देबीलाल पौडेल रहनुभएको थियो । कार्यक्रममा थारु लाठी नृत्य सहित विभिन्न साँस्कृतिक प्रस्तुतीहरु देखाइएको सो कार्यक्रमका सञ्चालक राकेश चौधरीले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

यसैबिच, क्याम्पसमा आयोजित जितिया विशेष कार्यत्रमकै अवसरमा माडी क्याम्पसले प्रकाशन गरेको माडी क्याम्पस दर्पण नामको पुस्तक बिमोचन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि क्याम्पस सञ्चालक समितिका अध्यक्ष तीर्थराज भुसालले सो पुस्तकको विमोचन गर्नुभएको हो । पुस्तकको सम्पादन पूर्व क्याम्पस प्रमुख बद्रीनाथ अधिकारीले गर्नुभएको हो ।

SwadeshPost