कार्यालयमा भएको हातपातको घटनाप्रति माडी नगरपालिकाकाे खेद

238
SwadeshPost

माडी नगरपालिका कार्यालयमा भएको हातपातको घटनाप्रति माडी नगरपालिका कार्यालयले खेद प्रकट गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत मत्स्यब्लक कार्यक्रमबाट पोखरी खनेका मत्स्यपालक कृषकहरुले आज माडी नगरपालिकामा धर्ना दिई सम्बन्धित विभागका प्रमुख बेद प्रसाद रेग्मीलाई हातपात गरेका थिए ।

घटना लगत्तै नगर प्रमुख ठाकुर प्रसाद ढकालको अध्यक्षतामा बसेको नगरपालिका पदाधिकारी तथा कर्मचारीहरुको संयुक्त बैठकले कार्यालय समयमा आई कार्यकक्षमा कार्यालयको काम गरिरहेको अवस्थामा निरीह कर्मचारीमाथि हातपात गरिएकोमा भत्सर्ना गर्ने निर्णय गरेको हो । नगरपालिकाले कार्यालयको काम व्यवस्थित गर्दै लैजाने क्रममा रहेको र यसै बिषयलाई लिई कर्मचारीमाथि हातपात हुनु अमानवीय र दण्डनीय कार्य भएको एक बक्तव्य प्रकाशित गरी जनाएको छ ।

यसैबिच, माडी नगरपालिकाले प्रकाशित गरेको खेद वक्तव्यप्रति पनि कृषकहरुले खेद प्रकट गरेका छन् । स्वदेश एफ.एम.को बहस कार्यक्रम आजको सन्दर्भमा कुराकानी गर्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत मत्स्यब्लक कार्यक्रमका संयोजक नेत्रनाथ आलेले खेद वक्तव्यप्रति पनि खेद प्रकट गर्नुभएको हो ।

SwadeshPost