दिवाकर स्मृति प्राविधिक शिक्षालय माडिमा नयाँ भर्ना हुने क्रम जारी

376
SwadeshPost

दिवाकर स्मृति प्राविधिक शिक्षालय हरिनगरमा जारी शैक्षिक सत्रका लागि नयाँ भर्ना हुने क्रम जारी रहेको छ । पशुबिज्ञान र सिभिल इञ्जिनियरिङ्गको कार्यक्रम सञ्चालन हुने सो शिक्षालयमा साेमबारसम्म १७ जनाले भर्ना गरिसकेको शिक्षालयका प्राचार्य पुष्पराज पौडेलले स्वदेश एफ.एम. जानकारी दिनुभयो ।

सिभिल इञ्जिनियरिङमा ४८ जना तथा पशु बिज्ञानमा ४० जनाको कोटा रहेको दिवाकर स्मृति प्राविधिक शिक्षालयमा दुई चरणमा गरी प्रवेश परीक्षा सम्पन्न भइसकेको छ र प्रवेश परीक्षा उत्तीर्ण गरेको प्रशिक्षार्थीहरुले हाल भर्ना गरिरहेका हुन् । भर्नाको म्याद आउँदो असोज १९ गते शुक्रबारसम्म रहेको शिक्षालयले जनाएको छ । कक्षा सञ्चालन भने दशैंतिहारको बिदा पश्चात छठपर्व लगत्तै सुरु हुने जनाइएको छ । यसैबिच, दशैं र तिहारको बिदाका दिनहरुमा प्रयोगशाला निर्माण, भवन मर्मत र प्रशिक्षक नियुक्तिको काम गरिने प्राचार्य पुष्पराज पौडेलले जनाउनुभयाे ।

SwadeshPost