युवा सहयोगी समाजद्वारा माडीका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण

145
SwadeshPost

युवा सहयोगी समाज भरतपुरको आयोजनामा माडी नगरपालिका वडा नं. ९ स्थित कृष्णनगर माध्यामिक विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ ।

कृष्णनगर माध्यामिक विद्यालयका प्रधानाध्यापक मुक्तिराम सुवेदिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा युवा सहयोगी समाज भरतपुरका सचिव प्रेम परियार सभाध्यक्ष रहनुभएको थियो । कार्यक्रम अन्तरगत कृष्णनगर माध्यामिक विद्यालयका १० जना गरिब तथा जेहेन्दार विधार्थीहरुलाई झोला सहित कापीकलम वितरण गरिएको संस्थाका सदस्य हिमाल भण्डारीले स्वदेश एफ.एम. लाई जानकारी दिनुभयो ।

युवा सहयोगी समाज भरतपुरले यसअघि गत जेष्ठ १५ गते राष्ट्रिय आधारभूत विद्यालय कुसुमखोलामा अध्ययनरत ११० जना विद्यार्थीहरुलाई झोला सहित कापीकलम वितरण गरेको थियो । सो संस्थामा माडीसंगै भरतपुर क्षेत्रका गरी हाल ३२ युवाहरु सक्रिय सदस्य रहेका छन् ।

SwadeshPost