चितवन सम्पर्क समिति कोरियाद्वारा माडीमा शैक्षिक सामग्री हस्तान्तरण

325
SwadeshPost

चितवन सम्पर्क समिति दक्षिण कोरियाकाे सहयाेगमा माडीमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई बिहीबार भेटघाट तथा साक्षात्कार कार्यक्रम सम्पन्न गरिएको छ । चितवन सम्पर्क समिति कोरियाका सह सचिव विजय अर्यालसहित पुर्व अध्यक्ष, पुर्व सचिव र प्रतिनिधिहरुको संयुक्त रुपमा भेटघाट तथा साक्षात्कार कार्यक्रम सम्पन्न गरिएको छ । समितिले बिहीबार माडीका विद्यालयहरु आधारभुत विद्यालय बघौडा, माडी माध्यामिक विद्यालय बसन्तपुर, जनकल्याण माध्यामिक विद्यालय कल्याणपुर र ब्रह्मज्योति आधारभुत विद्यालय ब्रहम्पुरीका ८ जना विद्यार्थीहरुसंग प्रत्यक्ष भेटघाट गरि छलफल तथा शैक्षिक सामग्री हस्तान्तरण गरेको हाे ।

त्यस्तै, चितवन सम्पर्क समिति दक्षिण कोरियाद्वारा सामुदायिक भवन निर्माण समिति दक्षिण ब्रह्मपुरीलाई २५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ । बिहीबार एक कार्यक्रममा बिच सो रकम हस्तान्तरण गरिएको हो । सामुदायिक भवन निर्माण समितिका अध्यक्ष कृष्णमणी सुवेदीको अध्यक्षतामा सम्पन्न साे कार्यक्रममा सामुदायिक भवन निर्माणबारे समितिका कोषाध्यक्ष गोबिन्द पोख्रेलले जानकारी गराउनुभएको थियो । दक्षिण कोरिया सम्पर्क समितिका तर्फबाट समितिका सह सचिव विजय आर्यालले आफ्ना धारण राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सुलभबन्धु पोख्रेलले गर्नुभएको थियो ।

SwadeshPost