साइड नेपालद्वारा आयोजित तेश्रो दशैं कप नकआउट फुटबल प्रतियोगिता २०७५ सुरू

196
SwadeshPost

साइड नेपाल क्लब, माडी बसन्तपुरद्वारा आयोजित तेश्रो दशैं कप नकआउट फुटबल प्रतियोगिता २०७५ को शुक्रबार उद्घाटन भएको छ । माडी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष पुरन महतोको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको हो । उद्घाटन समारोहको विशिष्ट अतिथि समाजसेवी हिमाल गुरुङ र नेपाल तरुण दलका चितवन जिल्ला उपाध्यक्ष प्रमिश राई रहनुभएको थियो । विशिष्ट अतिथि गुरुङले प्रमुख अतिथि महतोलाई हस्तान्तरण गर्नुभएको फुटबल, महतोले रेफ्रीलाई हस्तान्तरण गरी प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहका क्रममा रोयल डान्स एकेडेमीका कलाकारहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पुरन महतोले माडी नगरपालिकाको तर्फबाट खेलकूद विकासमा संधै सहयोग हुने जनाउनुभयो । त्यसैगरी कार्यक्रममा बोल्दै विशिष्ट अतिथि हिमाल गुरुङले युवाहरुद्वारा आयोजित खेल प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दै नगद २५ हजार रुपैंया सहयोग समेत गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रमसंगै उद्घाटन खेलका रुपमा जीतबाहन युवा क्लब गर्दी र जनकल्याण तमु समाज कल्याणपुरबिच प्रतिस्पर्धा भएकोमा २–१ गोलअन्तरबाट जनकल्याण तमु समाज कल्याणपुर बिजयी भएको छ । शुक्रबारको खेलको म्यान अफ द म्याच जनकल्याण तमु समाजका गोलरक्षक सुदीप राना घोषित हुनुभयो । आज (शनिबार) पहिलो खेल दिउसो १ बजेपछि देबेन्द्रपुर युवा क्लब देबेन्द्रपुर र ए.एफ.सी. अयोध्यापुरीबिच हुनेछ । त्यसैगरी दोश्रो खेल स्टार स्पोर्टस् क्लबको जुनियर टोली र युनाइटेड क्लब बिरञ्चीबिच दिउसो ३ बजे सञ्चालन हुनेछ ।

यसपटकको दशै कप नकआउट फुटबल प्रतियोगिता २०७५ को बिजेताले माडीको हालसम्मकै सर्बाधिक पुरस्कार धनरासी स्वरुप ८० हजार रुपैंयाका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी दोस्रो हुने समूहले नगद ४० हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिता अन्तरगत अनुशासित टिम, सर्बाधिक गोलकर्ता, उत्कृष्ट मिडपिÞmल्डर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलरक्षक तथा अनुशासित टिम लगायतले समेत नगद पुरस्कार र मेडल प्राप्त गर्नेछन् । हरेक खेलमा म्यान अफ द म्याचलाई पुरस्कृत गरिने सो प्रतियोगितामा माडीभरका २६ टीमको सहभागिता रहेको छ । प्रतियोगिताको अफिसियल मिडिया स्वदेश एफ.एम. रहेको छ ।

SwadeshPost