दिवाकर स्मृति विद्यालयमा अक्षयकोष दाताहरुको भेला सम्पन्न

149
SwadeshPost

दिवाकर स्मृति विद्यालय रमाइलोडाडाँका अक्षयकोष दाताहरुको भेला शुक्रबार सम्पन्न भएको छ । विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष चण्डी प्रसाद दुबेको अध्यक्षतामा विद्यालयको ब्लक ‘ए’ रमाइलोेडाँडामा सम्पन्न भएकोे सो भेलामा समायोजित ३ वटै विद्यालयहरुमा विभिन्न समयमा अक्षयकोष वापत रकम राख्नुभएका करीब ४० जना अक्षयकोषदाताहरुको सहभागिता रहेको थियो ।

भेलालाई सम्बोधन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमनाथ पाण्डे तथा प्रधानाध्यापक क्रषिराम काफ्लेले सम्पुर्ण अक्षयकोष दातालाई धन्यवाद ज्ञापन गर्नुभयो । भेलाले कोषको रकम व्यवस्थापन तथा परिचालनका लागि लिलाबल्लभ बस्यालको संयोजकत्वमा ७ सदस्यीय समिति समेत गठन गरेको छ । समितिको सदस्यहरुमा प्रेमप्रसाद काफ्ले, भिमसेन बि.क, साबित्री पौडेल, हरिप्रसाद पंगेनी, बाटुली सुनार र नारायण दुबे रहनुभएको छ । हालसम्म ४० जना अक्षयकोष दाताहरुबाट ४ लाख ६४ हजार साँवा रकम अक्षयकोषमा जम्मा भइसकेको र अक्षयकोष थपिने क्रम जारी रहेको विद्यालयले जनाएको छ ।

SwadeshPost