चौतारादेखि बगहीसम्म जंगलको दुवै तर्फको झाडी फाँड्ने काम सुरु

167
SwadeshPost

ठोरी–माडी सडकखण्ड अन्तर्गत चौतारादेखि बगहीसम्मको करिव १९ किलोमिटर जंगल क्षेत्रको सडकको दुवै तर्फको झाडी फाँड्ने काम शुक्रबारदेखि सुरु भएको छ । चाडपर्वको समयमा उक्त सडकखण्ड भएर बढी सवारीका साधन चल्ने भएकाले जंगली जनावरको जोखिमबाट बच्न सडकको दुवैतर्फको झाडी फाँड्ने काम थालिएको हो ।

निर्मल ठोरी उपभोक्ता समिति, वनशक्ति मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह, सरस्वती मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह, सृजना मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था र ठोरी–माडी चल्ने यातायात व्यवसायीहरुको आर्थिक सहयोगमा सडकको दुवै तर्फ बढेको झाडी फाँड्ने काम थालिएको सिर्जना मध्यवर्ती वचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक जगेन्द्र पौडेलले जानकारी दिनुभयो । हात्ती, बाघ, भालु लगायतका जंगली जनावरको बढी जोखिम क्षेत्र रहेकाले उक्त सडकखण्डको दुवै तर्फको झाडी फाड्ने काम थालिएको हो ।

ठोरी गाउँपालिकाको सुवर्णपुरदेखि ठोरी, माडी हुँदै भरतपुर तथा काठमाण्डौसम्म दिवा तथा रात्री गरी दैनिक तीन दर्जन भन्दा बढी यात्रुवाहक बस सञ्चालनमा छन् । ठोरीको चौतारादेखि झाडी फाँड्ने काम थालिएको हो । पहिलो दिन ठोरीको चौतारादेखि नेपाली सेनाको पुरानो अमुवा पोष्टसम्मको झण्डै ३ किलोमिटर सडक वरपरको झाडी फाँड्ने काम पुरा भएको छ । एक साताभित्र माडीको बगहीँसम्म पर्ने जंगल क्षेत्रमा पर्ने सडकको सरसफाइ गरिने कार्ययोजना रहेको छ ।

SwadeshPost