स्वदेशपोष्ट विशेष

बेघर हुनुभएकी दाहालको सीप नेपालद्वारा दुई कोठे घर बनाइदिने घोषणा

घर भत्कीएर बेघर हुनुभएकी माडी सितलपुरकी शेष कुमारी दाहालको सहयोगार्थ माडीका सक्रिय युवाहरुको संस्था सीप नेपालले दुई कोठे नयाँ घर बनाइदिने घोषणा गरेको छ । पीडित दाहाललाई खुला आकासबाट नयाँ घरमा सार्ने विशेष अभियान शनिबार साँझ सीप नेपालले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको हो । यसअघि माडीका नगर प्रमुख ठाकुर प्रसाद ढकालले दाहाललाई बस्ने घरको ब्यबस्था गर्न सार्वजनिक अपील गर्नुभएको थियो । सीप नेपालले नयाँ घर बनाउने अभियानम सहयोग गर्न सबैलाई आग्रह गरेको छ ।

लक्ष्मी दाहालका नाउँले चिनिनुहुने शेष कुमारी दाहालको घर गत आइतबार ढलेको थियो । घर ढल्दा दाहालले पाल्नुभएको बाख्रा घाइते भएका थिए भने घरभित्र रहेका सम्पूर्ण सामानहरु च्यापिएका थिए । श्रीमान करीब ७ बर्षदेखि हराइरहेका तथा छोरा पनि करीब ३ बर्षदेखि सम्पर्कमा नभएकाले घरमा उहाँ एक्लै बस्दै आउनुभएको थियो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार