कृषक उपकार मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औं बार्षिक साधारणसभा शनिबार बरुवा बजारको खेल मैदानमा सम्पन्न भएको छ । शनिबारको साधारणसभाले सो सहकारीको आर्थिक बर्ष २०७४÷७५ को बार्षिक प्रगति प्रतिवेदन, बार्षिक कार्यक्रम, लेखा समितिको प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ ।
शनिबार सम्पन्न साधारणसभामा सो सहकारीको कुल सदस्य संख्या ३९९७ जना, कुल वासलात १८ करोड २४ लाख २१ हजार ६८ रुपैंया, कुल बचत १२ करोड ८६ लाख १५ हजार ९४१ र शेयर पुँजी १ करोड ८७ लाख ८१ हजार ६०० रुपैंया रहेको जानकारी गराइएको थियो । त्यसैगरी संस्थागत पुँजी २ करोड ३८ लाख २७ हजार ५४८ र जम्मा ऋण लगानी १५ करोड ५२ लाख ४२ हजार ७३६ रुपैंया रहेको पनि जनाइएको छ ।
सहकारीका अध्यक्ष देबेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न साधारणसभा कार्यक्रमका प्रमुख अतिथि माडी नगरपालिकाका नगरप्रमुख ठाकुर प्रसाद ढकाल रहनुभएको थियो भने विशिष्ट अतिथिहरुमा नेफस्कुन सञ्चालक शान्ति अधिकारी, वडा नं. २ का वडाध्यक्ष तथा नगर सहकारी संयोजक ईश्वरी ढकाल, जिल्ला सहकारी संघ चितवनका सञ्चालक सदस्य कृष्ण आचार्य, चितवन जिल्ला बचत तथा ऋण सहकारी संघका लेखा समिति सदस्य पूर्णभद्र पनेरु, पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त सापकोटा, दिवाकर स्मृति प्राविधिक शिक्षालयका प्राचार्य पुष्पराज पौडेल, उद्योग बाणिज्य संघ, माडीका अध्यक्ष रेशमलाल आचार्य लगायत रहनुभएको थियो । कार्यक्रम अन्तरगत ज्येष्ठ नागरिकहरुलाई सम्मान समेत गरिएको सहकारीका व्यवस्थापक चुडामणी पंगेनीले जानकारी ।