दशैं कपमा बसन्तपुर युनाइटेड र संगम युवा क्लब दोश्रो चरण प्रवेश

181
SwadeshPost

साइड नेपालद्वारा आयोजित तेश्रो दशैं कप नकआउट फुटबल प्रतियोगिता २०७५ को तेश्रो दिनका खेलहरुबाट बसन्तपुर युनाइटेड क्बल र संगम युवा क्लब सेरुवा दोश्रो चरण प्रवेश गरेका छन् । अाइतबार सम्पन्न पहिलो खेलमा बसन्तपुर युनाइटेड क्लब, बसन्तपुर र संगम युवा क्लब सेरुवाको बी टोली भिँडेकोमा ६–१ गोलअन्तरसहित बसन्तपुर युनाइटेड बिजयी भएको छ । सो खेलका म्यान अफ द म्याच बसन्तपुर युनाइटेडका लागि ह्याट्रिक गर्न सफल सुरज अधिकारी घोषित हुनुभयो ।

त्यसैगरी अाइतबारको दोश्रो खेल दिउँसो ४:३० बजेबाट संगम युवा क्लब, सेरुवाको ए टोली र गौरीशंकर युवा क्लब, गौरीनगरबिच भएकोमा ३–० गोलअन्तरसहित संगम युवा क्लब बिजयी भएको छ । दोश्रो खेलमा कसैलाई म्यान अफ द म्याच घोषित गरिएन ।

त्यस्तै, प्रतियोगिताको चौथो दिन साेमबार दिउँसो २ बजेपछि बर्डस नेपाल बघौंडा र ताम्सालिङ युवा क्लब, बाँदरझुलाबिच तथा दिउँसो ४ बजेपछि साइड नेपाल बसन्तपुरको ए टीम र माडी नगरपालिका वडा नं. ५ को बी टीमबिच हुने कार्यतालिका रहेको छ । जारी दशैं कपको विजेताले ८० हजार रुपैंयाका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी दोस्रो हुने समूहले नगद ४० हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको अफिसियल मिडिया स्वदेश एफ.एम. रहेको छ

SwadeshPost