माडीमा उत्पादित बस्तुहरूमा नगरपालिकाद्वारा पटके कर लगाइयाे

150
SwadeshPost

माडी उपत्यकामा उत्पादित पराल, बाँस, भुस र जर्नाहरुमा माडी नगरपालिकाले पटके कर लगाएको छ । टेण्डर आह्वानमार्फत पराल, बाँस, भुस आदिजस्ता डँडाल्नोमा प्रति ट्रक रु १ हजार, प्रति ट्याक्टर रु ५ सय र प्रति गाडा रु २०० पटके कर लगाइएको हो । त्यसैगरी सार्वजनिक बसहरुलाई रु ५० पटके कर लगाइएको छ । आर्थिक बर्ष २०७५/७६ को बाँकी अवधीका लागि टेण्डरमार्फत ठेकदार उत्तम न्यौपानेले पटके कर उठाउने ठेक्का पाउनुभएको हो ।

SwadeshPost