छाेराकाे दुवै मृगौला खराब भएपछी गुरुङको परिवार चिन्तामा

236
SwadeshPost

छोरा सुरेशकुमार गुरुङको दुईवटै मृगौला खराब भएकाले माडी नगरपालिका वडा नं. ७, जगन्नाथपुरीका जंगबहादुर गुरुङको परिवार गहिरो चिन्तामा परेको छ । बिगत २ बर्षदेखि दुबै मृगौला पूर्णरुपमा खराव भएको तर उपचारको लागि पर्याप्त आर्थिक श्रोत नभएकाले गुरुङको परिवार चिन्तामा परेको हो । उहाँको पारिवारिक आर्थिक अवस्था नाजुक रहेको र दुई बर्षदेखि लगातार उपचार गराउँदा सबै पैसा सकिएको गुरुङ परिवारले जनाएको छ । सुरेशकुमारले चिकित्सकाको सल्लाह अनुसार डाईलाइसिस गराउँदै आउनुभएकोमा तत्कालै मृगौला प्रत्यारोपण गनुपर्ने भएकाले गुरुङ परिवारले आर्थिक सहयोगका लागि स्वदेश र प्रवासमा रहेका सहयोगी मनहरुसँग अनुरोध गरेको छ ।

यसैबिच, गुरुङको उपचारमा सघाउन चितवन समाज इजरायलले आर्थिक संकलन अभियान चलाइरहेको छ । त्यसैगरी काेरिया र अष्ट्रेलियामा रहेका नेपालीहरुले समेत छुट्टै सहयोग अभियान सञ्चालन सुरुवात गरेका छन् । सहयोग संकलनको विस्तृत विवरण स्वदेश एफ.एम.मार्फत सार्बजनिक हुनेछ ।

SwadeshPost