दिवाकर स्मृति वि. व्य. समितिको बैठकले बृहत शैक्षिक गोष्ठी आयोजना गर्ने

610
SwadeshPost

दिवाकर स्मृति विद्यालय रमाइलोडाँडाको व्यवस्थापन समितिको बैठकले बृहत शैक्षिक गोष्ठी आयोजना गर्ने निर्णय गरेको छ । माडी क्षेत्रका शैक्षिक इतिहास निर्माताहरुसँग संवाद, गुणस्तरीय शिक्षाको पहलका लागि नयाँ शुरुवात भन्ने नाराका साथ बृहत शैक्षिक गोष्ठी कार्यक्रम अयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमनाथ पाण्डेले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो । कार्यक्रम आउँदो असोज २६ गते माडी क्याम्पसको सभाहलमा सञ्चालन हुनेछ । कार्यक्रममा नगरपालिका, विभिन्न संघसंस्था तथा शिक्षाप्रति सरोकार भएकाहरुको सहभागिता रहने जनाइएको छ ।

त्यसैगरी, साेमबार दिउसो सम्पन्न व्यवस्थापन समितिको सो बैठकले विद्यालयका लागि आवश्यक दोश्रो बस समेत खरिद गर्ने निर्णय गरिएको पाण्डेले जनाउनुभयो ।

SwadeshPost