चर्चित साहित्यकार डा. धनेश्वर भट्टराईद्वारा ‘मुक्तिनाथ नेत्रमाया भट्टराई स्मृति अक्षय कोष स्थापना

149
SwadeshPost

चर्चित साहित्यकार डा. धनेश्वर भट्टराईले माडी साहित्य परिवारमा रहनेगरी ‘मुक्तिनाथ नेत्रमाया भट्टराई स्मृति अक्षय कोष – २०७५’ स्थापना गर्नुभएको छ । साेमबार डा. भट्टराईले माडी साहित्य परिवारलाई रु १ लाख ११ हजार १११ को चेक हस्तान्तरण गरी अक्षयकोषको स्थापना गर्नुभएका हो । अक्षयकोषको संरक्षकका रुपमा डा. धनेश्वर भट्टराई स्वयम् तथा उहाँकी श्रीमती राधिका भट्टराई रहनुभएको छ ।

डा. भट्टराईले आफ्नो नीजि निवास हरिनगरमा माडी साहित्य परिवारका अध्यक्ष चन्द्रमणी महतो तथा सचिव विपीन पाठकलाई चेक हस्तान्तरण गर्नुभएको हो । डा. भट्टराईले करीब २ बर्षअघि माडी साहित्य परिवारको बर्तमान कार्यसमिति गठन हुँदा सो रकम प्रदान गर्ने घोषणा गर्नुभएको थियो ।

SwadeshPost