माडीका थारु गाउँहरुमा यमोसा पर्व धुमधामसंग मनाइयाे

134
SwadeshPost

माडीका थारु गाउँहरुमा आज (मंगलबार) विशेष विधीपूर्वक धुमधामसंग यमोसा पर्व मनाइएको छ । अाज (मंगलबार) काे दिन औंसी पर्ने भएकाले पितृ औंशी समेत भनिने यो पर्वमा घर अगाडि पितृ स्थापना गरी सम्पूर्ण पितृहरुलाई तर्पण गर्ने प्रचलन रहेको छ । साथै यो पर्वमा आफन्तहरुलाई बोलाई पिठोका विभिन्न परिकार खुवाएर रमाईलो गर्ने समेत गरिन्छ । पर्वअघि कुनै घरमा व्यक्तिको निधन भएमा ती घरमा बली चढाएर यमोसा पर्व मनाउने पनि प्रचलन छ । माडीसंगै चितवन र नवलपुर जिल्लामा थारु बस्ती रहेका ठाउँहरुमा आज (मंगलबार) यमोसा पर्व मनाइएको छ । असोज महिनाको औंसीको दिनमा पर्ने यो पर्वको भोलिपल्ट दशैंको घटस्थापना पर्ने गर्दछ ।

यसैबिच, थारु समुदायको महत्वपूर्ण चाड यमोशामा विदा नदिएको भन्दै थारु अगुवाहरुले असन्तोष व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै थारु अगुवाहरुले यो पर्वको संरक्षण गर्न थारु जातिलाई बिदा दिइनुपर्ने माग गरेका हुन

SwadeshPost