मत्स्य ब्लकका कृषकहरुलाइ नयाँ पोखरी खनेबापत पाउनुपर्ने अनुदान रकम भुक्तानी

169
SwadeshPost

मत्स्य ब्लकका कृषकहरुले नयाँ पोखरी खने बापत पाउनुपर्ने अनुदान रकम मंगलबार भुक्तानी पाएका छन् । माडी नगरपालिका अन्तरगतको कृषि शाखाको कार्यालय बसन्तपुरबाट मंगलबार मत्स्यपालक कृषकहरुले आज १३ लाख १० हजार २५० रुपैंया भुक्तानी बुझेका हुन् । नयाँ पोखरीको भुक्तानी निकाशा भएपनि महाजाल, डिजिटल काँटा र ल्याबका सामानहरु खरिद अनुदान बापत निकाशा हुनुपर्ने रकम भने निकाशा हुन बाँकी छ । क्रमागत योजनामा रहेका करीब २७ लाख रुपैंयाको भुक्तानी भने दशैं बिदापछि गरिने नगरपालिकाले जनाएको छ ।

गत आर्थिक बर्षमा मत्स्यब्लक कार्यक्रम अन्तरगत रु ८० लाख बजेटबाट मत्स्यपालन विकासका लागि विभिन्न योजना तथा कार्यक्रमहरु सञ्चालन गरिएकोमा साझेदारी अन्तरगत पोखरी खन्ने कार्यक्रम भएको थियो । माडी नगरपालिका, मत्स्य ब्लक र कृषकहरुबिच त्रिपक्षीय सम्झौता भई पोखरी खनेका किसानहरुले समयमै रकम नपाएको भन्दै गत असोज १५ गते नगरपालिका घेराउ गर्दा हातपात र दोहोरो भनाभन जस्तो अप्रीय अवस्था सिर्जना भएको थियो ।

SwadeshPost