दशैकपकाे पाँचौं दिन, बसन्तपुर युनाइटेड, ज्ञानज्योति भैरवपुर र साइड नेपाल बी दोश्रो चरण प्रवेश

188
SwadeshPost

साइड नेपालद्वारा आयोजित तेश्रो दशैं कप नकआउट फुटबल प्रतियोगिता २०७५ को पाँचौं दिनका खेलहरुबाट बसन्तपुर युनाइटेड, ज्ञानज्योति भैरवपुर र साइड नेपाल बी दोश्रो चरण प्रवेश गरेका छन् । आज(मंगलबार) सम्पन्न पहिलो खेलमा बसन्तपुर युनाइटेड क्लब बी र के.एफ.सी. खरकट्टा भिँडेकोमा निर्धारित समयसम्म दुबै पक्षबाट कुनै गोल नभएपश्चात टाइब्रेकरमा ३–१ गोलअन्तरसहित बसन्तपुर युनाइटेड क्लब बी बिजयी भएको छ । सो खेलका म्यान अफ द म्याच बसन्तपुर युनाइटेड क्लबका विवेक पौडेल घोषित हुनुभयो ।
त्यसैगरी मंगलबार) को दोश्रो खेल ए.एफ.सी अयोध्यापुरी र ज्ञानज्योति युवा क्लब, भैरवपुरबिच भएकोमा ५–२ गोलअन्तरसहित ज्ञानज्योति युवा क्लब, भैरवपुर बिजयी भएको छ । सो खेलका ज्ञानज्योति युवा क्लबका लागि ह्याट्रिक गर्न सफल यनोद गुरुङ म्यान अफ द म्याच घोषित हुनुभयो ।

मंगलबार को तेश्रो खेल साइड नेपाल बसन्तपुर बी र पल्लबी सन्देश युवा क्लब पौहारीबिच भएकोमा ४–० गोलअन्तरसहित साइड नेपाल बसन्तपुर बी विजयी भएको छ । यस खेलमा साइड नेपाल बसन्तपुरका बिज्ञान चौधरी म्यान अफ द म्याच घोषित हुनुभयो ।
बुधबार प्रतियोगिताको छैठौं दिन दुईवटा खेलहरु हुनेछन् । पहिलो खेल दिउँसो २ बजे जनआस्था युवा क्लब बसन्तपुर र संगम युवा क्लब, सेरुवाबिच तथा दोश्रो खेल स्टार स्पोर्टस् क्लब बरुवा ए तथा जनकल्याण तमु समाज कल्याणपुरबिच दिउँसो ४ बजे हुने कार्यतालिका रहेको छ । जारी दशैं कपको विजेताले ८० हजार रुपैंयाका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी दोस्रो हुने समूहले नगद ४० हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको अफिसियल मिडिया स्वदेश एफ.एम. रहेको छ

SwadeshPost