माडी नगरपालिकाले समन्वय गरेर अगाडी नबढे प्रतिपक्षको भुमिका कडा रुपले निर्वाह गर्नेः नेपाली काँग्रेस

274
SwadeshPost

नेपाली काँग्रेस माडीको अायोजनामा मंगलबार दशैंविशेष शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । नेपाली काँग्रेस माडीका सभाध्यक्ष कोमलनाथ भुषालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला तथा विशिष्ट अतिथि काँग्रेसका पूर्व सचेतक शोभाखर पराजुली रहनुभएको थियो । त्यसैगरी सो कार्यक्रममा चितवन काँग्रेसका सभापति जितनारायण श्रेष्ठ, सह–सचिव सुर्य खनाल, क्षेत्रीय सभापती लालबहादुर दवाडी, माडी नगर सभापति कोमलनाथ भुषाल, नेपाल विद्यार्थी संघ चितवनका सचिव दिपक दवाडी लगायतको उपस्थिति रहेको थियो भने माडीका काँग्रेस नेताकार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस नेता डा. कोइरालाले पछिल्लो समयमा धेरै आपराधिका घटना बढेको तर सरकारले शान्ति सुरक्षाको राम्रो व्यवस्था गर्न नसकेको भन्दै आलोचना गर्नुभयो । त्यसैगरी सरकारले केन्द्रदेखि प्रदेश हुँदै स्थानीय निकायसम्म अनावश्यक रुपमा कर लगाएको उहाँको आरोप थियो । त्यस्तै, कार्यक्रममा बोल्दै काँग्रेसका पूर्व सचेतक शोभाखर पराजुलीले काँग्रेस कार्यकर्ताहरुले हरेश खानु नहुने जनाउँदै दुई तिहाइको कम्युनिष्ट सरकारले सरकार चलाउँदा सामाजिक हीतका कुनैपनि कार्यक्रम ल्याउन नसकेको जिकीर गर्नुभयो । कार्यक्रममा बोल्ने स्थानीय काँग्रेस नेताहरुले माडी नगरपालिकाले आफूहरुसंग समन्वय गरेर अगाडी नबढे प्रतिपक्षको भुमिका कडा रुपले निर्वाह गर्ने जनाएका थिए । शुभकामना कार्यक्रममा सहभागी हुनुअघी काँग्रेसका केन्द्रीय नेतागणहरुले बाँदरमुढे क्षेत्रको अवलोकन गरी बाँदरमुढे स्मारकमा पुष्पगुच्छा अर्पण गरेका थिए ।

SwadeshPost