माडीकाे पारिजात सामुदायिक सिकाई केन्द्रद्वारा सामुदायिक पुस्तकालयको स्थापना

343
SwadeshPost

पारिजात सामुदायिक सिकाई केन्द्रले नयाँपिपरियामा पारिजात सामुदायिक पुस्तकालयको स्थापना गरेको छ । पुस्तकालयको आउँदो शुक्रबार २६ गते पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ प्रकाशले उद्घाटन गर्ने पारिजात सामुदायिक सिकाई केन्द्रका अध्यक्ष नेत्रनाथ आलेले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

त्यसैगरी दिवाकर स्मृति विद्यालय रमाइलोडाँडाद्वारा आयोजित शैक्षिक गोष्ठीमा समेत उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता प्रकाशको सहभागिता रहने भएको छ माडी क्षेत्रका शैक्षिक इतिहास निर्माताहरुसँग संवाद, गुणस्तरीय शिक्षाको पहलका लागि नयाँ शुरुवात” भन्ने नाराका साथ सोही दिन माडी क्याम्पसको सभाहलमा सञ्चालन हुन लागेको शैक्षिक गोष्ठीमा माडी नगरपालिका, विभिन्न संघसंस्था तथा शिक्षाप्रति सरोकार भएकाहरुको उपस्थिति रहने विद्यालयले जनाएको छ ।

SwadeshPost