छैठौं दिनका खेलहरुबाट जनआस्था युवा क्लब बसन्तपुर र स्टार स्पोर्टस् क्लब, बरुवा ‘ए’ बिजयी

280
SwadeshPost

साइड नेपालद्वारा आयोजित तेश्रो दशैं कप नकआउट फुटबल प्रतियोगिता–२०७५ को छैठौं दिनका खेलहरुबाट आज (बुधबार) जनआस्था युवा क्लब बसन्तपुर र स्टार स्पोर्टस् क्लब, बरुवा ‘ए’ बिजयी भएका छन् ।

सम्पन्न पहिलो खेलमा जनआस्था युवा क्लब, माडी–१, बसन्तपुर र संगम युवा क्लब सेरुवा भिँडेकोमा १–० गोलअन्तरसहित जनआस्था युवा क्लब बिजयी भयो । पहिलो खेलमा कसैलाई म्यान अफ द म्याच भने घोषणा गरिएन । दोश्रो खेल स्टार स्पोर्टस् क्लब, बरुवा ए र जनकल्याण तमु समाज, कल्याणपुरबिच भएकोमा ४–१ गोलअन्तरसहित स्टार स्पोर्टस् क्लब, बिजयी भएको छ । सो खेलको म्यान अफ द म्याच स्टार स्पोर्टस्का सबिन बिँडारी घोषित हुनुभयो ।

भोलि बिहीवार, प्रतियोगिताको सातौं दिन तीनवटा खेलहरु हुनेछन् । पहिलो खेल बिहान ८ बजेपछि बसन्तपुर युनाइटेड क्लब ए, बसन्तपुर र बर्डस् नेपाल, बघौंडाबिच, दोश्रो खेल मध्यान्ह १२ बजेपछि ए.एफ.सी. अयोध्यापुरी र युनाइटेड युथ क्लब, बीरञ्चीबिच तथा तेश्रो खेल दिउँसो ४ बजे माडी नगरपालिका वडा नं. ५ को ए टोली र ग्रिनल्याण्ड युवा क्लब कृष्णनगरबिच हुने कार्यतालिका रहेको छ । जारी दशैं कपको विजेताले ८० हजार रुपैंयाका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी दोस्रो हुने समूहले नगद ४० हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको अफिसियल मिडिया स्वदेश एफ.एम. रहेको छ

SwadeshPost