राष्ट्रिय कृषक समूह महासंघ नेपालको माडी नगर समिति गठन

391
SwadeshPost

माडी देबेन्द्रपुरका कृषक नीलकन्ठ काफ्लेको अध्यक्षतामा राष्ट्रिय कृषक समूह महासंघ नेपालको माडी नगर समिति गठन गरिएको छ । समितिको सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः फणिन्द्रराज पुरी, श्रीराम श्रेष्ठ र चेतकुमारी चौधरी चयन हुनुभएको छ । बिहीबार माडी क्याम्पसको सभाहलमा सम्पन्न नगरपालिकाका पदाधिकारी र किसानहरुबिचको छलफल कार्यक्रमबाट गठित सो समितिको सदस्यहरुमा मञ्जु चौधरी, चित्रकला पाठक, गोमा घिमिरे, युवराज अधिकारी र हरिशंकर कोईराला चुनिनुभएको छ ।

सो छलफलबाट राष्ट्रिय कृषक समूह महासंघ नेपालको जिल्ला अधिवेशन प्रतिनिधिका रुपमा कुश्माखर लामिछाने, नारायण प्र. अधिकारी, उमा सापकोटा, भुपति लम्साल, प्रेमराज तिमिल्सिना, अस्मिता प्रजा, कुसल दुरा र मोहन बहादुर पुनमगरलाई चयन गरिएको जनाइएको छ । राष्ट्रिय कृषक समूह महासंघ नेपाल जिल्ला कार्यसमिति चितवनको आयोजना तथा माडी नगरपालिकाको समन्वयमा कृषक र कृषि क्षेत्रका समस्या र कृषि विकास योजनाका बारेमा छलफल गरिएको थियो । माडी नगरपालिकाका नगर प्रमुख ठाकुर प्रसाद ढकालले गमलामा पानी हाली उद्घाटन गर्नुभएको सो कार्यक्रममा कृषि विज्ञहरुसंगै माडी नगरपालिकाका वडाध्यक्षहरु लगायतको सहभागिता रहेको थियो ।

SwadeshPost