माडी ७ वडा कार्यालय र स्वदेश एफ.एमको आयोजनामा शुभकामना आदानप्रदान सम्पन्न

284
SwadeshPost

माडी नगरपालिका वडा नं. ७ वडा कार्यालय र स्वदेश एफ.एम. ९३.२ मेगाहर्जको संयुक्त आयोजनामा शुक्रबार बिहान दशैंविशेष शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । माडीको कीर्तनपुरस्थित वडा कार्यालयमा बिहान ठीक १०ः३० बजे सुरु भएको सो कार्यक्रम एक घण्टा सञ्चालन भएको थियो ।

वडा नं. ७ का वडाध्यक्ष बालकृष्ण सापकोटाको अध्यक्षतामा सञ्चालित सो शुभकामना आदानप्रदान, चियापान तथा भेटघाट कार्यक्रमको सञ्चालन स्वदेश एफ.एम.का अध्यक्ष देव अञ्जान शाहले गर्नुभएको थियो । कार्यक्रममा माडी नगरपालिका कार्यपालिका सदस्य तथा महिला संयोजक कोपिला सिवाकोटीसंगै स्थानीय राजनैतिक पार्टीका नेता कार्यकर्ता, कर्मचारीगण, संघसंस्थाकर्मी, शिक्षाकर्मी, समाजसेवी, संरक्षणकर्मी, व्यवसायी, कलाकर्मी, पेशाकर्मी लगायतको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमलाई स्वदेश एफ.एम.ले प्रत्यक्ष प्रशारण गरेको थियो ।

SwadeshPost