आठौं दिनका खेलहरुबाट बसन्तपुर युनाइटेड ‘बी’ र ज्ञानज्योति भैरवपुर बिजयी

172
SwadeshPost

साइड नेपालद्वारा आयोजित तेश्रो दशैं कप नकआउट फुटबल प्रतियोगिता–२०७५ को आठौं दिनका खेलहरुबाट शुक्रबार बसन्तपुर युनाइटेड ‘बी’ र ज्ञानज्योति भैरवपुर बिजयी भएका छन् । शुक्रबार सम्पन्न पहिलो खेलमा बसन्तपुर युनाइटेड क्लब बी र ध्रुबतारा युवा क्लब, रामराज्यपुर भिँडेकोमा २–० गोलअन्तरसहित बसन्तपुर युनाइटेड ‘बी’ बिजयी भयो । पहिलो खेलमा कसैलाई म्यान अफ द म्याच भने घोषणा गरिएन । दोश्रो खेल ज्ञानज्योति युवा क्लब, भैरवपुर र साइड नेपाल बी बिच भएकोमा २–१ गोलअन्तरसहित ज्ञानज्योति युवा क्लब, भैरवपुर बिजयी भएको छ । सो खेलको म्यान अफ द म्याच ज्ञानज्योति युवा क्लब, भैरवपुरका जर्सी नं. ११ लगाई खेल्नुभएका आशिष बोट घोषित हुनुभयो ।

प्रतियोगिताको नवौं दिन शनिबार,दुईवटा खेलहरु हुनेछन् । पहिलो खेल बिहान ८ बजेपछि बसन्तपुर युनाइटेड क्लब ए, माडी नगरपालिका वडा नं. ५को ए टीमबिच र दोश्रो खेल दिउँसो ३ बजे युनाइटेड युथ क्लब बीरञ्ची र साइड नेपाल ए बिच सञ्चालन हुने कार्यतालिका रहेको छ । जारी दशैं कपको विजेताले ८० हजार रुपैंयाका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी दोस्रो हुने समूहले नगद ४० हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको अाधिकारिक मिडिया स्वदेश एफ.एम. रहेको छ ।

SwadeshPost