माडी–६ को आयोजनामा अन्तरमाडी वडास्तरीय भेट्रान भलिबल प्रतियोगिता सुरु

172
SwadeshPost

माडी नगरपालिका वडा नं. ६ को आयोजनामा अन्तरमाडी वडास्तरीय भेट्रान भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता अन्तरगत आइतबारका खेलहरु जित्दै माडी नगरपालिका वडा नं. ५ को भेट्रान टोली फाइनल प्रवेश गरेको छ ।

अाइतबार बिहानबाट सञ्चालित सो प्रतियोगिताको दोश्रो दिन भोली वडा नं. ६ र ८ बिच दोश्रो सेमिफाइनल खेल हुनेछ । सो खेलको विजेता टोलीले वडा नं. ५ संग फाइनलमा प्रतिस्पर्धा गर्नेछ । साेमबार १२ बजे फाइनल खेल सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा ३५ बर्षभन्दा बढी उमेर भएका खेलाडीहरु सहभागी रहेका छन् । प्रतियोगिताको बिजेता टोलीले पुरस्कारस्वरुप एकवटा लोकल खसी पाउने तथा उपविजेता टोलीले पुरस्कारस्वरुप नगद पाँच हजार रुपैंया प्राप्त गर्ने जनाइएको छ । माडीका ८ वटा भेट्रान टोलीहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए । खेल जनकल्याण माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन भइरहेको हो ।

प्रतियोगिताको अाइतबार एक संक्षिप्त कार्यक्रमबिच, माडी नगरपालिकाका नगर प्रमुख ठाकुर प्रसाद ढकालले उद्घाटन गर्नुभएको थियो । वडा नं. ६ का वडाध्यक्ष भरत बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा वडा नं. ३, ७ र ९ का वडाध्यक्षहरु क्रमशः पुरन महतो, बालकृष्ण सापकोटा र शिवहरी सुवेदीको आतिथ्यता रहेको थियो ।

SwadeshPost