अन्तरमाडी वडास्तरीय भेट्रान भलिबल प्रतियोगिताको उपाधी वडा नं. ५ लाइ

204
SwadeshPost

माडी नगरपालिका वडा नं. ६ को आयोजनामा सञ्चालित अन्तरमाडी वडास्तरीय भेट्रान भलिबल प्रतियोगिताको उपाधी वडा नं. ५ ले जितेको छ । साेमबार दिउसो सम्पन्न फाइनल खेलमा वडा नं. ८ लाई पराजित गर्दै वडा नं. ५ ले प्रथम स्थान हासिल गरेको हो । प्रथम हुन सफल वडा नं. ५ ले एकवटा खसी सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने दोश्रो भएको वडा नं. ८ ले नगद पाँच हजार रुपैंयासहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगिता सकिएसंगै आज एक संक्षिप्त समापन कार्यक्रमबिच माडी नगरपालिकाका नगर प्रमुख ठाकुर प्रसाद ढकालले विजेता तथा उपविजेताहरुलाई पुरस्कार एवं मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो । कार्यक्रम आयोजक वडा नं. ६ का वडाध्यक्ष भरत बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रतियोगितामा ३५ बर्षभन्दा बढी उमेर भएका खेलाडीहरु सहभागी रहेका थिए । माडीका ८ वटा भेट्रान टोलीहरुले सहभागिता जनाएको सो खेल जनकल्याण माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन भएको थियो ।

SwadeshPost