माडी ८ वडा कार्यालय र स्वदेश एफ.एमको अायाेजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

118
SwadeshPost

माडी नगरपालिका वडा नं. ८ वडा कार्यालय र स्वदेश एफ.एम. ९३.२ मेगाहर्जको संयुक्त आयोजनामा साेमबार दशैंविशेष शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । माडीको खरकट्टास्थित वडा कार्यालयमा दिउँसो ठीक १२ः१५ बजे सुरु भएको सो कार्यक्रम करीब एक घण्टा सञ्चालन भएको थियो ।

वडा नं. ८ का वडाध्यक्ष कृष्णराज अधिकारीको अध्यक्षतामा सञ्चालित सो शुभकामना आदानप्रदान, चियापान तथा भेटघाट कार्यक्रमको सञ्चालन स्वदेश एफ.एम.का अध्यक्ष देव अञ्जान शाहले गर्नुभएको थियो । कार्यक्रममा माडी नगरपालिका कार्यपालिका सदस्य साबित्री रेग्मी, अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मथुरा बहादुर भण्डारी, जनजीवन माध्यमिक विद्यालयका अध्यक्ष श्याम पौडेल र प्रधानाध्यापक शोभाकर गौतम, खरकट्टा बजार विकास तथा व्यवस्थापन समितिका अध्यक्ष कदम शर्मा, अयोध्यापुरी मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पूर्णभद्र पनेरु, इन्जिजियर बलीभद्र पनेरु, दक्षिण अयोध्यापुरी आधारभूत विद्यालयका प्रधानाध्यापक भीमराज सुवेदीसंगै स्थानीय राजनैतिक पार्टीका नेता कार्यकर्ता, कर्मचारीगण, संघसंस्थाकर्मी, शिक्षाकर्मी, समाजसेवी, संरक्षणकर्मी, व्यवसायी, कलाकर्मी, पेशाकर्मी लगायतको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमकाे स्वदेश एफ.एम.ले प्रत्यक्ष प्रशारण गरेको थियो ।

SwadeshPost