चितवन नारायणी यातायात उपसमितिद्वारा माडीका भित्री सडकहरुमा बस सञ्चालन

201
SwadeshPost

चितवन नारायणी यातायात उपसमितिले साेमबारदेखि माडीको भित्री सडकहरुमा बस सञ्चालन सुरु गरेको छ । दशैं तिहार लगायतका चाडबाड नजिकिएसंगै माडीका भित्री गाउँहरुमा पुग्ने यात्रुहरुलाई सहजता दिन भित्री सडकहरुमा पनि बस सञ्चालन सुचारु गरिएको समितिका प्रतिनिधी हितमान गुरुङले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

यसअघि पनि सो समितिले माडीका भित्री सडकहरुमा यातायात सेवा सञ्चालन गरेकोमा त्यो नियमित भने हुन सकेको थिएन । भित्री सडकहरुमा यातायात सञ्चालन भएसंगै यात्रुहरुलाई भने सहजता हुने भएको छ । दशैंतिहारजस्ता पर्वको समयमा गाउँ फर्किने यात्रुहरु धेरै हुने र यात्रीहरुसंगै सामानसमेत हुने भएकाले कतिपय गाउँका यात्रुहरुले सामान बोक्नुपर्ने वा अटो चढ्नुपर्ने बाध्यता रहेको थियो । त्यसैगरी भरतपुर लगायतका शहरमा शैक्षिक अध्ययन लगायतका कामका लागि बस्नेहरुले चामल लगायतका सामान बोक्नुपर्ने अवस्था पनि रहेको थियो । तर भित्री सडकहरुबाट माडीका भित्री गाउँहरुमा बस सञ्चालन सुरु भएसंगै पैदल हिँड्नुपर्ने र सामान बोक्नुपर्ने समस्यामा भने सहजता हुने भएको छ ।

SwadeshPost