एघारौं दिनका खेलहरु जित्दै स्टार स्पोर्टस् क्लब ए र जनआस्था युवा क्लब फाइनल प्रवेश

442
SwadeshPost

साइड नेपालद्वारा आयोजित तेश्रो दशैं कप नकआउट फुटबल प्रतियोगिता–२०७५ को एघारौं दिनका खेलहरुबाट सोमबार का खेलहरु जित्दै स्टार स्पोर्टस् क्लब ए र जनआस्था युवा क्लब फाइनल प्रवेश गरेका छन् । सोमबार सम्पन्न पहिलो खेलमा स्टार स्पोर्टस् क्लब ए र माडी नगपालिका वडा नं. ५ को ए टोली भिँडेकोमा ३–२ गोलअन्तरसहित टार स्पोर्टस् क्लब ए बिजयी भयो । सो खेलको म्यान अफ द म्याच माडी नगपालिका वडा नं. ५ टीमका अमृत गुरुङ घोषित हुनुभयो । दोश्रो खेल साइड नेपाल ए र जनआस्था युवा क्लब, बसन्तपुरबिच भएकोमा २–० गोलअन्तरसहित जनआस्था युवा क्लब बिजयी भएको छ । सो खेलको म्यान अफ द म्याच जनआस्था युवा क्लबका कृपा महतो घोषित हुनुभयो । त्यसअघि साविक बघौंडा गाबिस र साविक कल्याणपुर गाबिसको भेट्रान टीमबिच मैत्रीपूर्ण खेल भएकोमा २–० गोलअन्तरसहित साविक कल्याणपुर गाबिसको भेट्रान टीम बिजयी भएको थियो ।

प्रतियोगिता अन्तरगत मंगलबार कुनै खेल हुनेछैन । असोज ३१ गते हुने फाइनलमा साेमबारका दुबै विजेताहरु स्टार स्पोर्टस् क्लब ए र जनआस्था युवा क्लबबिच फाइनल खेल सञ्चालन हुनेछ । जारी दशैं कपको विजेताले ८० हजार रुपैंयाका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी दोस्रो हुने समूहले नगद ४० हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको अफिसियल मिडिया स्वदेश एफ.एम. रहेको छ ।

SwadeshPost