जगतपुरको पोल्ट्री फर्मले माडीमा ठूलो क्षमतामा व्यवसायिक लेयर्स कुखुरा पालन गर्ने

470
SwadeshPost

जगतपुरको गाणपति पोल्ट्री फर्मले माडीको जीवनपुरमा ठूलो क्षमतामा व्यवसायिक लेयर्स कुखुरा पालन गर्न लागेको छ । व्यवसायिक लेयर्स पालनको लागि आवश्यक सामान बोकेका १४ वटा कन्टेनरहरु आज माडी आइपुगेका छन् । सुरुवातमा ४० हजार लेयर्स कुखुरापालन गरिने र क्रमशः बढाउँदै लगेर एक लाख लेयर्स पु-याउने योजना रहेको फर्मका सञ्चालक उपेन्द्र जोशीले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो । फर्म चलाउन माडी नगरपालिका–८, जीवनपुरमा करीब ४.५ बिगाहा क्षेत्रफलमा निर्माणकार्य जारी रहेको उहाँले जनाउनुभयो ।

SwadeshPost