शुक्रबार दशैं, टिका लगाउने उत्तम साइत बिहान ९ बजेर ५१ मिनेटमा

293
SwadeshPost

शुक्रबार दशैं पर्व अन्तरगत टिका लगाउने उत्तम साइत बिहान ९ बजेर ५१ मिनेटमा परेको छ । विजया दशमी पनि भनिने दशैंमा मान्यजनहरुबाट टीका जमरा थापेर आशिर्वाद लिने चलन छ । शुक्रबार दशैंको टीकाको दिन बिहान ९ बजेर ३९ मिनेटमा देवी विसर्जन गर्ने शुभ साइत छ । देवी विसर्जन गरिसकेपछि बिहान ९ बजेर ५१ मिनेटको साइतमा टीका लगाउन उत्तम हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो । त्यस्तै, कार्तिक ७ गते कोजाग्रत पुर्णिमाको दिन जुनसुकै बेला जमरा सेलाउन सकिने समितिले जनाएको छ ।

SwadeshPost