माडीमा बिहानैदेखि अवरुद्ध विधुत सेवा करिब १२ घण्टापश्चात पुनः सुचारु

243
SwadeshPost

राप्ती नजिकैं ड्रप आउट फ्युजमा समस्या आउँदा शनिबार बिहानैदेखि माडीमा अवरुद्ध भएको विधुत सेवा करिब १२ घण्टापश्चात  साँझबाट पुनः सुचारु भएको छ । राप्ती नजिकैं ड्रप आउट फ्युजमा समस्या आइ शनिबार बिहान ४ बजेदेखि गएको लाइन बिचमा केहि समय सुचारु भएपनि रीउ नजिकैको पोलमा ओभरलोड भइ फ्युजमा समस्या देखिउएपश्चात त्यसलाई मर्मत गरेपछि साँझदेखि विधुत सेवा पुनः सुचारु भएको छ । विधुतिय उपकरण पुरानो भइ मर्मत गर्नुपर्ने भएको र उपकरणहरु भरतपुर विधुत प्राधिकारण भरतपुर शाखाबाट ल्याउनुपर्ने भएकोले विधुत सेवा सुचारु गर्न केहि समय ढिलाइ भएको विधुत प्राधिकरण माडी शाखाले जनाएको छ ।

SwadeshPost