दशैंको लागि घरायसी सामान खरिद गर्दा ठोरीका व्यापारीहरुले मनपरी मुल्य असुल्ने गरेको भेटियाे

321
SwadeshPost

दशैंको लागि घरायसी सामानहरु खरिद गर्दा ठोरीको सीमावर्ती भारतीय बजारका व्यापारीहरुले मनपरी मुल्य असुल्ने गरेको भेटिएको छ । मुख्यतः ठोरी क्षेत्रका ग्राहकहरुसंगै माडीबाट चाडपर्वको खरिदारीमा पुगेका ग्राहकहरुसंग भारतीय व्यापारीहरुले चर्को मुल्य असुलेको गुनासो आएको हो । स्वदेश एफ.एम.को टोली सीमावर्ती भारतीय बजार भिखना ठोरीमा पुग्दा भेटिएका माडी इनारबरुवाबासी ग्राहकहरुले साबिकभन्दा धेरै महंगोमा सामान किनेको जनाएका छन् । सीमावर्ती भारतीय बजार क्षेत्रमा सस्तो पाइने आशामा मिनी भ्यान लिएर पुगेको सो टोलीमा केहि निराशा देखिएको थियो ।

दसैँ तिहारका बेलामा अन्य समयभन्दा बढी सामान किनबेच हुने भएकाले र गाउँ घरमा चाडबाड मनाउने हेतुले मानिस हरुको बाक्लो उपस्थिति हुने भएकाले व्यापारीले मनपरी मूल्यमा समान बिक्रीवितरण गर्ने गरेका हुन् । भारतीयसंगै नेपाली व्यापारीहरुले समेत मनोमानी ढंगले मुल्य बढाएर उपभोक्ता ठगी गरिरहेको नेपाली बजारमा भेटिनुभएका बाँदरझुला निवासी निरु तामाङले जनाउनुभयो । ठोरीबासीले बजार अनुगमन गरी ठोरी गाउँपालिका भित्रका पसलहरुमा मुल्यमा एकरूपता कायम गराइदिन ठोरी गाउँपालिकालाई अनुरोध गरेका छन् ।

SwadeshPost