दर्जनौं साँस्कृतिक कार्यक्रम हुदाँपनि मा.न.पा ले एउटालाइ मात्रै आर्थिक सहयोग गरेकोमा आपत्ति

377
SwadeshPost

दशैंमा माडीमा दर्जनौं साँस्कृतिक कार्यक्रम सम्पन्न भएपनि माडी नगरपालिकाले एउटामात्रै कार्यक्रमलाई आर्थिक सहयोग गरेको भन्दै अन्य कार्यक्रमका आयोजकहरुले आपत्ति जनाएका छन् । माडी नगरपालिकाको तर्फबाट नगर प्रमुख ठाकुर प्रसाद ढकालले बरुवामा आयोजित दशैं विशेष साँस्कृतिक कार्यक्रमलाई दश हजार रुपैंया सहयोग गर्ने जनाउनुभएकोमा अन्य कार्यक्रमका आयोजकहरुले नगरपालिकाले आफ्नो संस्थालेलाई विभेद गरेको भन्दै सार्वजनिक रुपमा बिरोध गरेका हुन् । सामाजिक सञ्जालमा यसबारे विभिन्न कार्यक्रमका आयोजकहरुले बिरोधका स्टाटस र टिप्पणी लेख्न सुरु गरेका छन् । बरुवाको कार्यक्रमलाई सहयोग गरिनु सकारात्मक रहेको तर अन्य संघसंस्था एवं क्लबहरुले आयोजना गरेको कार्यक्रममा नगरपालिकाले समान रुपमा सहयोग नगरेको उनीहरुले गरेको गुनासो गरेको हाल चर्चामा आएको छ ।

आउँदो हप्तादेखि माडीमा तिहार, छठ र एकादशी पर्वविशेष साँस्कृतिक कार्यक्रमहरु हुन लागेको सन्दर्भमा नगरपालिकाले सबैलाई समान दृष्टिकोणबाट हेर्नुपर्ने साँस्कृतिक कार्यक्रमका आयोजक युवाहरुको भनाई रहेको छ ।

SwadeshPost