माडीको बरुवा बजारमा अन्तराष्ट्रिय कवि गोष्ठी सञ्चालन हुदैं

373
SwadeshPost

रेवेश्वर शिव मन्दिर, गर्दी सामुदायिक पुस्तकालय र माडी साहित्य परिवारको संयुक्त आयोजनामा बुधबार माडीको बरुवा बजारमा अन्तराष्ट्रिय कवि गोष्ठी सञ्चालन हुदैछ । गर्दी सामुदायिक पुस्तकालयको भवनमा बुधबार बिहान १० बजेबाट सुरु हुने सो कवि गोष्ठीमा ६ जना भारतीय कविहरुसंगै माडी साहित्य परिवारका सदस्य कविहरुले कविता पाठ गर्ने आयोजक पक्षले जनाएको छ । कवि गोष्ठीमा विश्व गौ संरक्षण मञ्च, बनारशका स्वयम् सेवकहरु तथा गौसंरक्षणको लागि भारतको बनारशस्थित काशी विश्वनाथ मन्दिरबाट पशुपतिनाथसम्मको मोटरसाइकल यात्राका क्रममा रहेका भारतीय तीर्थयात्रीहरुको समेत सहभागिता रहने जनाइएकाे छ ।

SwadeshPost