माडीका शनि मन्दिर, पाँचपाण्डव र बैकुण्ठे क्षेत्रमा आउने आन्तरिक पर्यटकहरुको प्रवाह बढ्याे

116
SwadeshPost

दशैंको बिदामा घुमफिर गर्न विभिन्न ठाउँबाट माडीका शनि मन्दिर, पाँचपाण्डव र बैकुण्ठे क्षेत्रमा आउने आन्तरिक पर्यटकहरुको प्रवाह बढेको छ । चितवनका अन्य स्थानहरुसंगै माडीका धार्मिक पर्यटकीय केन्द्रहरुमा पनि आन्तरिक पर्यटकहरुको चाप बढेको शनि मन्दिरका अभियन्ता सुदर्शन सुवेदीले जनाउनुभयो ।

दशैंको समयमा कार्यालयमा हुने बिदाका साथै घटस्थापनादेखि कोजाग्रतसम्म नै शैक्षिक संस्था बन्द हुने भएका कारण यसअवधिमा आन्तरिक पर्यटक आउने क्रम बढेको हो । दशैँका अवसरमा सरकारी तथा निजी कार्यालय र कम्पनीहरुले दशैँ पेश्की एवम् बोनस दिने गरेका कारण अधिकांशले यसको उपयोग घुमफिरमा खर्चने गरेका छन् । आन्तरिक पर्यटकहरूको पहिलो रोजाइँ चितवनका सौराहा, मेघौली, जगतपुर लगायतका ठाउँहरु रहने भएपनि पछिल्ला दिनहरुमा माडीका पर्यटकीय गन्तव्यस्थानहरुको चर्चा बढेसंगै माडीमा पनि पर्यटकहरु आउने क्रम बढेको महसुस गरिएको छ

SwadeshPost