माडीमा ‘जल उत्पन्न जोखिम न्युनिकरण परियोजना’ अन्तरगतग सञ्चालित कामहरुको संयुक्त अनुगमन

261
SwadeshPost

जापानी दातृ निकाय साप्लानीरको सहयोगमा नेपाल ग्रामीण पुननिर्माण संस्था (आर.आर.एन.) ले सञ्चालन गरिरहेको ‘जल उत्पन्न जोखिम न्युनिकरण परियोजना’ अन्तरगतग सञ्चालित कामहरुको बुधबार संयुक्त अनुगमन गरिएको छ । माडी नगरपालिकाको समन्वयमा आर.आर.एन.ले माडी नगरपालिकाको बाँदरमुढे खोलामा नदी नियन्त्रणका लागि दोस्रो बर्ष अन्तरगत निर्माण गरेका भौतिक संरचनाहरु अनुगमन गरिएको परियोजनाका संयोजक रबिन्द्र सिंह ठकुरीले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो । अनुगमनमा परियोजना परामर्श समितिका प्रतिनिधीहरु नगर प्रमुख ठाकुर प्रसाद ढकाल, उपप्रमुख ताराकुमारी काजी महतो, वडाध्यक्षहरु मध्यवर्ती उपभोक्ता समिति र सामुदायिक बन समूह तथा ईलाका प्रशासन कार्यालयका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

सहभागीहरुले भौतिक संरचनाहरुको दीगोपनाका लागि परियोजनामा पुनर्बिचार गर्नुपर्ने र निर्माण सकिएका तथा निर्माण कार्य जारी रहेको स्थानमा नगरपालिकाले अनुगमन गरिरहनु्पर्ने सुझाव दिएका थिए । आउँदो नोभेम्बर १ बाट परियोजनाका तेश्रो बर्षका कार्यक्रमहरु सुरु हुन लागेको सन्दर्भमा आज अनुगमन र सुझाव संकलन गरिएको संयोजक ठकुरीले जनाउनुभयो ।

SwadeshPost