माडी नगरपालिकाले नियमित पत्रकार भेटघाटको कार्यक्रम सञ्चालन गर्ने

264
SwadeshPost

माडी नगरपालिकाको सूचना प्रवाह फितलो भएको गुनासोबिच नगरपालिकाले नियमित पत्रकार भेटघाटको कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ । साेमबार नगरपालिकाको सूचना शाखाले सामाजिक सञ्जालमार्फत नियमित पत्रकार भेटघाट कार्यक्रम गरी नगरपालिकाको मासिक प्रगति सार्वजनिक गर्ने तथा पत्रकारहरूसँग नियमित छलफल र अन्तरक्रिया गर्ने जनाएको हो । यसका लागि माडीबारे चासो भएको पत्रकारहरुलाई सम्पर्कमा आउन सुचना शाखाले अनुरोध गरेको छ । नगरपालिकाको सुचना शाखामा अधिकृत तहका कर्मचारीको दरबन्दी छ भने कार्यपालिकाको सुचना अधिकारीका रुपमा हालै वडा नं. ९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई जिम्मेवारी दिइएको छ ।

यसअघि, नगरपालिकाको सुचना प्रवाह फितलो भएको भन्दै स्वदेश एफ.एम.ले माडीका नगर प्रमुख ठाकुर प्रसाद ढकाल तथा अन्य जनप्रतिनिधीहरुलाई पटक पटक सचेत गराउँदै आएको थियो ।

SwadeshPost