बिजुली बिस्तारका बिषयमा भ्रामक दुष्प्रचार गरिएको भन्दै माडी २ नं. वडा कार्यालयकाे ध्यानाकर्षण

428
SwadeshPost

बिजुली बिस्तारका बिषयमा वडाध्यक्षको मानहानी हुनेगरी सामाजिक सञ्जालमा भ्रामक दुष्प्रचार गरिएको आरोप लगाउँदै माडी नगरपालिकाको २ नं. वडा कार्यालयले ध्यानाकर्षण भएको जनाएको छ । वडा नं. २ का वडाध्यक्ष ईश्वरी प्रसाद ढकालले मंगलबार एक ध्यानाकर्षण पत्र प्रकाशित गरी निरन्तर रुपमा दत्तचित्त भई काम गरिरहेको र वडाबासीको सर्बोपरी हीतलाई ध्यानमा राखी अहोरात्र खटिएको वडा कार्यालयको मानहानी भएको आरोप लगाउनुभएको हो । नेपाल विद्युत प्राधिकरणले साेमबार माडी नगरपालिका वडा नं. २ का लागि ट्रान्सफर्मर र च्यानल लगायतका बिद्युतीय सामानहरु पठाएकोमा सो सामान ल्याउने बिषयमा गलत प्रचारबाजी भएको वडा कार्यालयको भनाई छ ।

भैरवपुर क्षेत्रमा बिजुली बिस्तारका लागि स्थानीय युवाहरुले दबाब समूह गठन गरी विद्युत प्राधिकरणमा पटक पटक डेलिगेसन गरेकोमा सो काम गर्दा वडा कार्यालयको असहयोग रहेको आरोप लगाएका थिए । देबकान्त काफ्लेको संयोजकत्वमा गठित साे समूहका तर्फबाट सामाजिक सञ्जालमा वडा कार्यालयको आलोचनात्मक टिप्पणीहरु पोष्ट भएकोमा वडा कार्यालयले त्यसको खण्डन गरेको हो ।

SwadeshPost