माडीको बरुवा बजारमा आकस्मिक अनुगमन, पसलमा म्याद सकिएका खाद्यपदार्थ भेटियाे

434
SwadeshPost

माडी नगरपालिका अन्तरगतको बजार अनुगमन समितिले आज माडीको बरुवा बजारमा आकस्मिक अनुगमन गरेको छ । बरुवा बजारमा अनुगमन गर्दा कतिपय पसलमा म्याद सकिएका खाद्यपदार्थ भेटिएकोमा सम्बन्धित व्यवसीलाई सचेत बनाईएको बजार अनुगमन समितिका संयोजक तथा नगर आयुर्वेद अधिकृत रविशंकर शाहले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

नगर बजार अनुगमन समितिका सदस्यहरुमा उद्योग बाणिज्य संघ माडी, नागरिक समाज माडी, पशुपंक्षी विकास कार्यालय, कृषि विकास कार्यालय, आयुर्वेद औषधालय तथा सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट छरछरे र ईलाका प्रहरी कार्यालयका प्रतिनिधीसंगै सञ्चारकर्मी सदस्य रहेका छन् । समितिले माडीका प्रमुख बजार क्षेत्रमा नियमित बजार अनुगमन गर्दै आएको छ ।

SwadeshPost