माडी स्तरीय प्रथम वडा लीग फुटबल प्रतियोगिता २०७५ सञ्चालन हुदैं

272
SwadeshPost

नेपालीहरुको दोस्रो ठूलो चाड तिहारसंगै छठ पर्वको अवसरमा खेलकूद विकास समिति, माडी नगरपालिका वडा नं. ५ को आयोजनामा माडी स्तरीय प्रथम वडा लीग फुटबल प्रतियोगिता २०७५ सञ्चालन हुने भएको छ ।

प्रतियोगिताको समुद्घाटन माडी नगरपालिका ३ बसन्तपुरको खेलमैदानमा यहि कार्तिक १७ गते बिहान १० बजे हुने खेलका संयोजकद्वय राजेश घताने र गोपाल काफ्लेले जनाउनुभयो । प्रतियोगिताको प्रथम र द्वितिय पुरस्कार क्रमशः रु. ३५ हजार र रु.२० हजारको साथमा कप, मेडल र प्रमाणपत्र रहेको छ । प्रतियोगिता अन्तरगत बेस्ट किपर, बेस्ट डिफेन्स, बेस्ट मिडफिल्डर, बेस्ट स्ट्राइकर, उत्कृष्ट खेलाडी, हाई स्कोरर र प्रत्येक खेलमा म्यान अफ द म्याच तथा अनुशासित टिमलाई पुरस्कृत गरिने जनाइएको छ ।

SwadeshPost