माडीमा रहेको धार्मिक सम्पदाहरुको पौराणिक व्याख्याहरुका बिषयमा अन्तरक्रिया गोष्ठी सम्पन्न

270
SwadeshPost

माडीमा रहेको धार्मिक सम्पदाहरुको पौराणिक व्याख्याहरुका बिषयमा विहीबार एक अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ l पर्यटन विकास समिति, माडी नगरपालिकाको आयोजनामा माडी नगरपालिकाको सभाहलमा सम्पन्न सो कार्यक्रममा माडीमा रहेका सोमेश्वर गढी, बाल्मीकि आश्रम, पर्शुराम कुण्ड, बैकुण्ठ धाम, महेश्वरी नदी, रेवा नदी, बैराठ धुनी लगायतका धार्मिक धामहरुको पौराणिक व्याख्याका बिषयमा युवा पण्डित सुदर्शन सुवेदी तथा पण्डित लक्ष्मीकान्त सापकोटाले जानकारी गराउनुभएको थियो । कार्यक्रमका सहभागीहरुले त्यसप्रकारका पौराणिक तथा धार्मिक व्याख्याहरुको प्रमाणित अभिलेखहरु संग्रहीत गरि दस्तावेज प्रकासित गर्न सुझाव दिएका थिए ।

पर्यटन विकास समितिका अध्यक्ष नारायण प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाल रहनुभएको थियो ।

SwadeshPost