स्वदेशपोष्ट विशेष

नेपाल शिक्षक महासंघ, माडी नगर समितिले शुक्रबार नगरपालिकामा धर्ना तथा बिरोध कार्यक्रम गर्ने

नेपाल शिक्षक महासंघ, माडी नगर समितिले शुक्रबार माडी नगरपालिका कार्यालयमका धर्ना तथा बिरोध कार्यक्रम गर्न लागेको छ । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले घोषणा गरेको कार्यक्रम अन्तरगत भोलि दिउँसो १ देखि ३ बजेसम्म माडी नगरपालिका कार्यालयमा धर्ना तथा बिरोध कार्यक्रम गर्न लागिएको नेपाल शिक्षक महासंघ, माडी नगर समितिका अध्यक्ष चन्द्रमणी महतोले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो । धर्ना कार्यक्रममा सहभागी हुन नेपाल शिक्षक महासंघ, माडी नगर समितिले माडीका सम्पूर्ण शिक्षक तथा विद्यालयका कर्मचारीहरुलाई आह्वान गरेको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार