सयवटा पर्यटकीय गन्तव्यहरुको सुचीमा माडीको सोमेश्वरगढी समेत समावेश

441
SwadeshPost

नेपाल सरकारको संघीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार सार्बजनिक गरेको एक सयवटा पर्यटकीय गन्तव्यहरुको सुचीमा माडीको सोमेश्वरगढीलाई समेत समावेश गरिएको छ । केही हप्ता अघि माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाल नेतृत्वको एक प्रतिनिधीमण्डलले केन्द्र सरकारका पर्यटन मन्त्री रविन्द्र अधिकारीलाई देशभरको १०० वटा पर्यटकीय गन्तव्यको सुचीमा माडीको सोमेश्वरगढीलाई समेट्न अनुरोध गरेको थियो । पर्यटकीय गन्तव्यस्थलको सुचीमा परेसंगै सो क्षेत्रमा केन्द्र सरकारका तर्फबाट पर्यटन प्रवद्र्धनका प्याकेज कार्यक्रम सञ्चालन र पूर्वाधार विकास हुने मन्त्रालयले जनाएको छ ।

पर्यटकीय गन्तव्यस्थलको सुचीमा समेटिएको सोमेश्वरगढीको दीर्घकालीन र बृहत्तर विकासका लागि यसअघि नै गुरुयोजना निर्माणको प्रक्रिया सुरु भइसेको छ । सोमेश्वर गढी क्षेत्रमा अग्नीकुण्ड व्यवस्थित गर्ने, ढुंगेधाराहरु निर्माण गर्ने, सुबिधासम्पन्न सडक निर्माण गरी पार्किङ स्थल बनाउने, गोलपार्क निर्माण गर्ने, पिकनिक स्पट र संग्रहालय निर्माण गर्ने, सोमेश्वर टावर निर्माण गर्ने, भ्यु टावर बनाउने, ढुंगे डुङ्गा रहेको स्थान व्यवस्थित गर्ने लगायतका योजनाहरु सोमेश्वरगढी गुरुयोजनामा समेटिएका छन् । त्यसैगरी गढी नजिकै पुग्ने बाटो निर्माणको कार्य पनि अगाडि बढेको छ ।

SwadeshPost