स्थानीय सरकार सञ्चालन ऐन र हिंसामा परेका महिलाहरुको रेफर सिस्टम सम्बन्धी तालिम माडीमा सुरु

211
SwadeshPost

जनप्रतिनिधी र अगुवा महिलाहरुलाई स्थानीय सरकार सञ्चालन ऐन, नीति, नियम कानुन र हिंसामा परेका महिलाहरुको रेफर सिस्टम सम्बन्धी दुईदिने अभिमुखीकरण तालिम शुक्रबार देखि सुरुवात भएको छ ।

माडी नगरपालिकाको अयोजना तथा चितवन सक्रिय महिला प्रतिष्ठानको सहआयोजनामा सञ्चालित सो कार्यक्रमका लैंगिक हिंसासम्बन्धी नयाँ मुलुकी ऐनका व्यवस्थाहरु तथा त्यसप्रकारको परिस्थितिमा आइपर्ने अन्य कानुनी पाटो र पक्षहरुबारे अभिमुखीकरण सञ्चालन गरिएको थियो । माडी नगर महिला समन्वय समितिका अध्यक्ष कोपिला सिवाकोटीको अध्यक्षतामा आज सम्पन्न अभिमुखीकरणको उद्घाटन कार्यक्रमको प्रमुख अतिथि माडी नगरपालिकाका प्रवक्ता शिवहरी सुवेदी रहनुभएको थियो ।

माडी नगरपालिकाका कानुनी सल्लाहकार तथा नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष जगन्नाथ भण्डारी र अभिवक्ता श्रीराम दवाडीले अभिमुखीकरण गर्नुहुने सो कार्यत्रममा माडीका महिला जनप्रतिनिधी, कार्यपालिका सदस्य, महिला अधिकारकर्मी तथा महिला अगुवाहरु गरी ४५ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।

SwadeshPost